images

वेस्ट बैङ्कमा जारी इजरायली कारबाहीमा १४ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी– प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले तुल्कारम सहर र उत्तरी वेस्ट बैङ्कको शरणार्थी शिविरमा जारी इजरायली सैन्य कारबाहीमा कम्तीमा १४ प्यालेस्टाइनीको मृत्यु भएको बताइएको छ ।

मारिएका १४ प्यालेस्टाइनीको शव सहरको पूर्वमा रहेको नूर शाम्स प्यालेस्टिनी शरणार्थी शिविरबाट तुलकर्म अस्पतालमा लगिएको छ ।

प्यालेस्टिनी सुरक्षा स्रोतहरूले इजरायली सेनाहरू, सैन्य बुल्डोजरहरू सहितख शिविरमा प्रवेश गरेका बताएका छन् । कडा घेराबन्दी गरी मुख्य सडक, पूर्वाधार, आवासीय घरहरू र पसलहरू ध्वस्त पारेको उनीहरूको आरोप छ ।

बिजुली अवरुद्ध, पानी कटौती र शिविरमा सञ्चार र इन्टरनेट सञ्जाल अवरुद्ध हुँदा चलिरहेको सैन्य कारबाही वर्षौं यताकै सबैभन्दा गम्भीर रहेको बताएको छ ।