images
images
images

मलेसियामा नौसेनाका दुई वटा हेलिकप्टर एक आपसमा ठोक्किँदा १० जनाको मृत्यु

काठमाडौं– रोयल मलेसियन नौसेना सैन्य पूर्वाभ्यासका क्रममा दुई नौसेना हेलिकप्टर एक आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ।

एउटा हेलिकप्टरले अर्कोको रोटर काटेर दुई जना जमिनमा खसेको, फुटेज स्थानीय मिडियाले प्रकाशित गरेका छन् ।

स्थानीय समय अनुसार उक्त घटना ९ः ३० मा मलेसियाको लुमुट सहरमा भएको बिबिसीले जनाएको छ । घटना क्षेत्र नौसेनाको आधार रहेको छ। दुर्घटनामा हेलिकप्टरमा सवार सबै १० जनाको मृत्यु भएको बिबिसीले जानकारी दिएको छ ।

स्थानीय मिडियामा देखिएका फुटेजका अनुसार दुई हेलिकप्टर ठोक्किएर एक स्टेडियममा खसेका थिए।

सबै पीडितहरूको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको थियो र अवशेषहरूलाई पहिचानको लागि लुमुटे मिलिटरी अस्पताल पठाइएको रोयल मलेसियन नेवीले जनाएका छन् । उनले घटनाको कारण पत्ता लगाउन समिति गठन गर्ने बताए ।

पाइलट, को–पाइलट र दुई जना शव माछा मार्नेहरूले फेला पारेको बिबिसीले जनाएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS