images

मोटरसाइकल दुर्घटना परि पत्रकार विनय यादव मृत्यु

जनकपुरधाम– धनुषामा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विनय कुमार यसको मृत्यु भएको छ ।

मङ्गलवार बिहान धनुषाधाम नगरपालिका ५ घर भएका पत्रकार यादवको जनकपुर ढल्केवर सडक खण्डमा आफैँले चलाएर जनकपुर आउँदै गरेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

मृतक यादव रेडियो धनुषाधामका सञ्चालक तथा इन्यूज ब्युरोका कार्यकारी सम्पादक थिए । आज बिहान करिब ४ बजे जनकपुर तर्फ आउँदै गर्दा मिथिला नगरपालिका ६ स्थित अनियन्त्रित भएर मोटरसाइकल सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा बिहान ४बजेर ५० मिनेटमा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले स्पेस समाचारलाई जानकारी दिए ।