images

कतारी राजालाई राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले गरे स्वागत

काठमाडौं– कतारका राजा तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थानीलाई भव्य स्वागत गरियो । उनको स्वागतका लागि राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थल पुगेका थिए ।

उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका मन्त्रीहरू विमानस्थलमै पुगेर स्वागत गरेका थिए ।

राजा तमिमलाई नेपाल सरकारले २१ तोपको सलामी समेत दिएको छ । सरकारले कतारी राजाको सवारीको अवसर पारेर आज मुलकभर सार्वजनिक बिदाको घोषणा गरेको थियो ।