images

कतारी राजा स्वदेश फर्किए

काठमाडौं–कतारका राजा शेख तमिम बिन हमाल अल थानी नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । उनको बिदाईका लागि राष्ट्रपति रामचन्द्र पौडेल,उपराष्ट्रपति,प्रधानमन्त्री,परराष्ट्र मन्त्री ,सभामुख सहितका विशिष्ट व्यक्तित्वहरू त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका थिए ।

करिब २२ घण्टा नेपाल बसेका कतारी राजाले नेपालमा रहँदा विभिन्न दिपक्षी लगानी सम्झौतामा हस्ताक्षर भएको छ ।
काठमाडौंको होटेल सोल्टीमा नेपाल र कतारका प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय भेटवार्तापछि समझदारीमा हस्ताक्षर भएको हो।

नेपाल र कतारबीच युवा तथा खेलकुद क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी पत्र र शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा हुने सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो।

नेपालका तर्फबाट कानुन मन्त्री पदम गिरीले सम्झौतामा हस्ताक्षर गरे।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्सबिच भएको सम्झौतामा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल हस्ताक्षर गरेका थिए।