images

प्राधिकरणको आम्दानीबाट विद्युत् सहुलियत धान्न असम्भवः कुलमान

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको आम्दानीबाट सरकारले विभिन्न शीर्षकमा दिने विद्युत् सहुलियत धान्न असम्भव रहेको बताएका छन् ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् । सरकारले विद्युतीय सहुलियत घोषणा गर्ने तर सरकारले प्राधिकरणलाई सहयोग नगर्ने अवस्था रहेको उनको भनाइ छ । उनले शित भण्डारणको लागि सरकारले विद्युतमा ५० प्रतिशत अनुदान दिएको रकम अहिलेसम्म अर्थ मन्त्रालयले नदिएको दाबी पनि गरे ।

बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डाक्टर रेवतीरवण पौडेलले स्वदेशी उत्पादनहरूलाई भण्डारण गर्ने स्टोरेजहरूलाई मात्रै सहुलियत दिनुपर्ने बताए । कोल्ड स्टोरेजहरूलाई विद्युतमा ५० प्रतिशत अनुदान दिने हो भने अर्थ मन्त्रालयबाट कृषि मन्त्रालयलाई बजेटको व्यवस्था गर्न आवश्यक रहेको उनको भनाइ छ ।

बैठकमा कोल्ड स्टोरेज सङ्घका अध्यक्ष कृष्णभक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत विद्युत् शुल्क लिने निर्णयले व्यवसायीहरूले शित भण्डारण सञ्चालन गर्ने अवस्था नभएको बताए