images

राति १२ बजेदेखि उपनिर्वाचनकाे मौन अवधि लागू

काठमाडौं–१५ वैशाखमा हुने उपनिर्वाचनको लागि बुधवार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ ।

मौन अवधिमा निर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन । निर्वाचन आचारसंहिता अनुसार मतदानको ४८ घण्टा अघिबाट मौन अवधि सुरु हुन्छ । आउने शनिवार इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको लागि र बझाङ क्षेत्र नम्बर १ ‘क’ म प्रदेश सभाको लागि उपनिर्वाचन हुँदै छ ।

निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानीका लागि अनुगमन गर्न विशेष संयन्त्र बनाएको उल्लेख गरेको छ । मौन अवधिमा सामाजिक सञ्जालबाट समेत प्रचारप्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।