images

उपनिर्वाचनमा सेना परिचलान गर्न राष्ट्रपतिले दिए स्वीकृत

काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले आगामी शनिबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको उपचुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद्को मिति वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको हो । नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ ।

हेर्नुहाेस् यस्ताे छ विज्ञप्ति