images

धनुषामा प्रहरी र स्थानीयबिच झडप, ३ प्रहरी घाइते

जनकपुरधाम– धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीयबिच झडप भएको छ ।

दुई गाउँका युवा–युवतिबिच प्रेम सम्बन्धबारेमा भएको विवादले उग्र रूप लिँदा झडपको अवस्था आएको हो । सडक अवरुद्ध खुलाउने क्रममा प्रहरी र स्थानीयबिच झडप भएपछि ३ प्रहरी घाइते भएको छन्।

केटीको उमेर नै नपुगेका आफ्ना छोरीहरूलाई भगाइएको भन्दै केटी पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका थिए । केटी पक्षले भागेकाहरूको खोजी कार्य नभएको भन्दै बिहीबार सडक अवरुद्ध गरेर प्रदर्शन गरेका थिए ।

स्थिति नियन्त्रणमा लिन ९ सेल अश्रुग्याँस प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।