images

डढेलो नियन्त्रण गर्न सरकार असंवेदनशीलः नेता कोइराला

काठमाडौं–नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पछिल्लो समय देशभरि बढेको डढेलो नियन्त्रणमा सरकार संवेदनशील नबनेको आरोप लगाएका छन् । भीषण आगलागी र डढेलोका कारण ठुलो धनजनको क्षति हुँदा समेत सरकार मुख दर्शक भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

नेता कोइरालाले सामाजिक सञ्जाल ट्विट मार्फत भनेका छन्, ‘यस वर्ष देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयन् नेपालीको ज्यान गई सक्यो, अर्वौं सम्पत्तिको नाश भई सक्यो । कतै निभ्यो, कतै सल्किरहेको छ । वर्षेनी डढेलोका कारण हुने नोक्सानी बढ्दै छ, रोकथाम र न्यूनीकरणमा हामी कहाँ चुक्यौँ ? नीतिमा कि व्यवहारमा ? सरकार किन यति असंवेदनसील ?’

देशका विभिन्न ठाउँमा लागेको आगो अझै नियन्त्रण भन्दा बाहिर रहेको देखिन्छ ।