images

डेढ किलो बढी सुन र १ करोड ४३ लाख ६० हजार नगद बरामद 

काठमाडौं–उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी अवैध सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा अनुसन्धानको टोलीले अवैध सुन र नगदसहित ७ जनालाई पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका वडा नं २४ दुछेंननी टोलबाट १७६८ ग्राम सुन सहित उक्त नगद रकम बरामद गरिएको प्रहरीले  पत्रकार सम्मेलन मार्फत जानकारी दिएकाे छ ।

न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरूलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा तीन भारतीय नागरिक रहेका छन् भने दुई जना नेपाली छन् । भारतीय नागरिकहरू अमुल विभूति, ऋषिकेश विभूति, गणेश बाल्टे रहेको प्रहरीले जनाएको छ । त्यसैगरी दिनेश खरेल र भरत बासुपनि उनीहरूसँगै पक्राउ परेका छन् ।