images

६ एसएसपीको सरुवा:  काठमाडौं परिसरको जिम्मेवारी रजौरे र  अपराध अनुसन्धानमा भट्टराई

काठमाडौं– गृह मन्त्रालयले नेपाल प्रहरीका ६ एसएसपीको सरुवा गरेको छ। सरुवामा जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख फेरिएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मेवारी  एसएसपी वसन्त रजौरेले पाएका छन् भने अपराध अनुसन्धान कार्यालयमा सानुराम भट्टराईले जिम्मेवारी पाएका हुन् ।
परिसरका प्रमुख एसपी भूपेन्द्र खत्री र अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरको आठ महिनामै सरुवा भएको छ। त्यस्तै, कोशी प्रदेश तालिम केन्द्र विराटनगरमा एसएसपी अभिनारायण काफ्लेलाई पठाइएको छ।