images

हाम्रो पार्टीलाई बेवास्ता गरे सत्ताबाट बाहिरिन्छौंः नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । नेपालले देशको अहिलेको राजनीति र मौसम उस्तै उस्तै रहेको टिप्पणी समेत गरेका छन् । उनले नेपालको मौसममा केही भन्न नसकेजस्तै राजनीतिमा पनि केही भन्न सक्ने अवस्था नरहेको जिकिर गरे ।

अध्यक्ष नेपालले सुशासन, सामाजिक न्याय र समानता, समृद्धि, उत्पादन, पुँजी निर्माणमा ध्यान दिनको साटो दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका छन् ।