images
images

फ्रि वाईफाईबाट बैंकिङ कारोबार नगर्न राष्ट्र बैंकको अनुरोध

काठमाडौं । निःशुल्क अर्थात् फ्रि–वाईफाईबाट बैंकिङ कारोबार नगर्न नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ ।

पैसा भुक्तानी गर्दा वा पैसा लिँदा निःशुल्क चल्ने वाईफाईबाट असुरक्षित हुने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिएका छन् । वित्तीय कारोबार गर्दा संस्थागत वा व्यक्तिगत दर्ता भएका सुरक्षित इन्टरनेट प्रयोग गर्नुपर्ने उनले बताए।

सार्वजनिक ठाउँमा चल्ने इन्टरनेटको माध्यमबाट डिजिटल रुपमा वित्तीय कारोबार गर्दा अरुले ओटीपी, पासवर्ड, बैंक अकाउन्ट नम्बर, पिन कोड, रिसिभिङ टोकन जस्ता विवरण प्राप्त गर्ने सक्ने जोखिम हुन सक्छ । शपिङ मल, होटेल, एयरपोर्ट, रेस्टुरेन्ट, कफी शप, सार्वजनिक यातायात आदि ठाउँमा हुने आधिकारिक वाईफाईको नाम पहिचान गरी वाईफाईसँग दिइएको पासवर्ड प्रयोग गरेर मात्र इन्टरनेट चलाउन राष्ट्र बैंकले भनेको छ ।

विभिन्न ह्याकरहरुले पनि उस्तै देखिने फ्री पब्लिक वाईफाई बनाउन सक्ने भएकाले त्यसप्रति सचेत रहन राष्ट्र बैंकले भनेको छ । कुनै सार्वजनिक वाईफाईसँग जोडिदा आफ्नो मोबाइल, ल्यापटप, कम्प्युटर, ट्याबलेट आदिको फाइल शेयरिङ अप्सन बन्द गर्नसमेत राष्ट्र बैंकको आग्रह छ ।

पुराना तथा म्याद गुज्रिएका उपकरणहरु जोखिमयुक्त हुनसक्ने भएकाले त्यस्ता उपकरणमा सार्वजनिक वाईफाई नचलाउन पनि राष्ट्रबैंकका प्रवक्ता भट्टले अनुरोध गरेको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS