images

एमालेको बहुमत सरकार निर्माण भए मात्रै विकासले तीव्रता पाउँछ: ईश्वर पोखरेल

काठमाडौं–नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले नेतृत्वको बहुमतको सरकार निर्माण भए मात्रै मुलुक विकासको अभियानले तीव्रता बताएका छन् ।

धनुषाको विदेह नगरपालिकामा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमाले नेतृत्वको बहुमतको सरकार निर्माण भए मात्रै मुलुकमा विकास अभियानले तीव्रता पाउने बताएका हुन् ।

उनले एमालेको नेतृत्वमा बहुमतको सरकार नहुँदा चाहे अनुरूप काम गर्न कठिनाइ भइरहेकाले २०८४ मा एमालेलाई सबैभन्दा ठुलो दलको रूपमा जिताउन आग्रह गरे । एमालेले बहुमत ल्याउनका लागि कार्यकर्ताहरूले अहिलेदेखि नै खट्नु आवश्यक रहेको बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्नुपर्ने र यसका लागि एमाले लागि परेको बताए । उनले एमालेले कृषि र सिँचाइमा बढी जोड दिएर काम गरिरहेको पनि बताए ।

उनले भने, ‘एमाले सम्पूर्ण नेपालीको पार्टी हो, एमाले मधेसी पहाडी वा हिन्दु मुस्लिमको पार्टी होइन, नेपालमा बसोबास गर्ने सबै नेपालीको पार्टी हो । त्यसैले एमालेमाथि चौतर्फी आक्रमण हुँदा समेत यहाँका मधेसी जनता लगायत सम्पूर्ण नेपालीले बचाए र हामीले त्यो षड्यन्त्रलाई विफल पार्न सफल भयौँ ।’

कार्यक्रममा नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सम्पूर्ण एमालेका नेता तथा कार्यकर्ताहरूले २०८४ मा देशको प्रधानमन्त्री र प्रदेशहरूको मुख्यमन्त्री एमालेको हुने सपना देखिरहेको ब
ताए । यो सपना पूरा गर्नका लागि अहिलेदेखि नै लाग्नु आवश्यक रहेको बताए । एमाले नेतृत्वको सरकार बनेसँगै व्याप्त रहेको गरिबी, अशिक्षाको अन्त्य गर्नु प्रमुख लक्ष्य रहने बताए ।

सचिव भट्टराईले पार्टीभित्रको सुदृढ एकताबाट नै देशलाई विकासको गतिमा अघि बढाउन सकिने बताए ।

सचिव भट्टराईले पार्टीभित्रको सुदृढ एकताबाट नै देशलाई विकासको गतिमा अघि बढाउन सकिने बताए ।