images

मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ घाइते 

गुल्मी – गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जीप सत्यवती गाउँपालिका ४ लिम्घामा  दुर्घटनामा परेको हो । दुर्घटनामा परि  ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
अरू १२ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको पाल्पा र अरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । रुद्र बेनीबाट मलामी लिएर लिम्घा जाँदै गरेको जीप दुर्घटना भएको हो ।