images

बझाङ प्रदेश सभा १ मा एमाले दोब्बर मतले अगाडि

काठमाडौं–बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारीले दोब्बर मतको अग्र स्थानमा रहेका छन् ।

छवीस पाथीभरा गाउँपालिका वडा नं.१ र २ को मतगणना भइसक्दा भण्डारीले ७५७ मत पाएका छन् । त्यसै गरी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ३८० मत पाएर भण्डारीलाई पछ्याइरहेका छन् । एमाले र कांग्रेसका बीचको मतान्तर ३७७ रहेको छ ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११५, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले २२६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोरकुमार खड्काले ९ मत पाएका छन् ।