images
images

परीक्षा कडाइ गरेको भन्दै क्याम्पस तोडफोड

वीरगन्ज– वीरगन्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा आइतबार तोडफोड भएको छ । कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेका हुन् ।

परीक्षालाई मर्यादित बनाउने बहानामा आफूहरूलाई अनावश्यक दुःख दिएको आरोप लगाउँदै आक्रोशित विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेका हुन्।

विद्यार्थीहरूका अनुसार परीक्षा चलिरहेको समयमा पर्यवेक्षकहरूले बिना कारण आफूहरूको उत्तर पुस्तिका खोस्ने, मानसिक यातना दिने जस्ता गतिविधि गरेर हैरान गरेका थिए ।

‘पर्यवेक्षकको काम परीक्षालाई मर्यादित बनाउने हो, परीक्षार्थीलाई अनावश्यक दुःख दिने होइन,’ प्रदर्शनमा सहभागी एक विद्यार्थीले भने, ‘तर हरि खेतानका पर्यवेक्षकहरूले हामीलाई बिना काम दुःख दिइरहेका थिए । झरेको पेन उठाउँदा समेत उत्तर पुस्तिका खोसेर निष्कासित गर्ने धम्की दिइरहेका थिए ।’

परीक्षा समाप्त भएपछि आक्रोशित विद्यार्थीहरूले क्याम्पस परिसरमा विरोध गर्दै ढुङ्गा मुढा समेत प्रहार गरेका थिए । ढुङ्गा मुढाबाट क्याम्पस भित्र रहेको बस, गाडी, फर्निचर, मोटरसाइकल लगायतमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

हरि खेतान क्याम्पसले प्रशासनले भने, आफूहरूले कुनै किसिमको यातना नदिएको परीक्षालाई मर्यादित बनाउन मात्र खोजेको जनाएको छ । बिद्यार्थीहरुको तोडफोडबाट लाखौँ बराबरको हानी नोक्सानी भएको प्रधानाध्यापक किशोरी रायले बताए ।

स्थित तनावग्रस्त बन्दै गएपछि नियन्त्रणमा लिन त्यहाँ बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा लिइएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन खोज्दा केही विद्यार्थी सामान्य घाइते भएका थिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS