images

वीरगन्जमा गोली चल्यो, भारतीय सुटर पक्राउ

वीरगन्ज–वीरगन्जमा प्रहरीले भारतका एक फरार अभियुक्तलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ४० वर्षीय बब्लु पासवान भन्ने गणेश पासवान रहेको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार उनी २०७९ असोज ३ गते काठमाडौँको गोठाटारमा भएको भारतीय नागरिक लाल मुहम्मदको हत्याकाण्डका मुख्य योजनाकार र सुटर हुन् ।उक्त हत्याकाण्डपछि फरार रहेका उनी प्रहरीको मोस्ट वान्टेडको सूचीमा थिए ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार,विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट आइतबार राति ११ बजेतिर वीरगन्ज९१६ भुटनदेवी मन्दिर क्षेत्रमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा पासवान भाग्न खोज्दा प्रहरीले दुई राउन्ड गोली चलाएको थियो ।त्यसमध्ये एक राउन्ड गोली पासवानको खुट्टामा लागेर घाइते भएर लडेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थापाले बताए ।

पासवान लागू ओैषधको कारोबारी समेत रहेको थापाले बताए ।घाइते पासवानलाई नियन्त्रणमा लिएर नारायणी अस्पतालमा उपचार गराई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थापाले जानकारी दिए।

पासवानको साथबाट एक थान पेस्तोल र केही राउन्ड गोलीका साथै केही परिमाणमा लागू औषधि पनि बरामद भएको थापाले बताए । यसबारेमा थप अनुसन्धान गरी मङ्गलवार बिहान प्रहरीले विस्तृत जानकारी गराउने थापाले बताए ।

२०७९ असोज ३ मा गोठाटारमा लाल मुहम्मदको गोली हानी हतणषा भएपछि त्यसमा संलग्न पर्साका महोरम मियाँ, पर्साकै रेहान मियाँ र मकवानपुरकी सुमी भन्ने सुस्मिता स्याङताङलाई प्रहरी २०७९ असोज १४ गते पक्राउ गरेर सार्वजनिक गरेको थियो।तर हत्याकाण्डका मुख्य योजनाकार र सुटर भनिएका पासवान भने फरार रहँदै आएका थिए।