images

इलाम उपनिर्वाचन- सुवाङको अग्रता कायमै

काठमाडौं–गत शनिवार सम्पन्न इलाम –२ को मत परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङ फराकिलो मतान्तरसहित अग्रता कायम राखेका छन् । नेम्वाङले १० हजार ३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ६ हजार ९४४ मत प्राप्त गरेका छन् ।

त्यसैगरि पहिचानवादी स्वतन्त्र सांसद डेकेन्द्र लिम्बुले ५ हजार ५९१ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १हजार ४४३ मत पाएका छन् । एमालेलाई सत्तारुढ दल नेकपा माओवादी केन्द्रको समेत समर्थन रहेको थियो । सुहाङ दिंवगत नेता सुभासचन्द नेम्वाङका छाेरा हुन् ।