images

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

काठमाडौं– इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्तर्गत हाल माङ्सेबुङ गाउँपालिकाको मतगणना जारी रहेको छ ।

ताजा अवस्थामा माङ्सेबुङ वडा नम्बर ५ को मतगणना सकिएको छ । उक्त वडा प्रसिद्ध किरात धार्मिक स्थल र किरात धर्मगुरु आत्मानन्द लिङ्देनको बसोबास रहेको स्थान हो ।

जहाँ भर्खरै सम्पन्न मतगणनाअनुसार माङ्सेबुङ वडा नम्बर ५ मा मुढा चुनाव चिह्न लिएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमलाई एकलौटी मत झरेको छ ।

माङ्सेबुङ ९५ मा थेगिमलाई एकलौटी अर्थात् १०३७ मत खसेको हो ।

यहाँ दोस्रो मत नेकपा एमालेका सुहाङ नेम्बाङलाई खसेको छ । उनको पक्षमा ६८ मत आउँदा नेपाली कांग्रेसका डम्बर खड्कालाई ४७ मत परेको छ ।

हेर्नुहाेस्  माङ्सेबुङ–५ को यस्ताे छ मत परिणाम
मुढा–१०३७
सूर्य–६८
रुख–४७
अन्य-२५