images

गोठाटार हत्याकाण्ड मुख्य योजनाकार तीन वर्षपछि पक्राउ

काठमाडौं– २०७९ असोज ३ गते काठमाडौँको गोठाटारमा भएको भारतीय नागरिक लाल मोहम्मद हत्याकाण्डका मुख्य योजनाकार तथा सुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

३ वर्षदेखि फरार अभियुक्त ४० वर्षीय बब्लु भनिने भारतीय नागरिक गणेश पासवानलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जनाए । प्रहरीको मस्टवान्टेड सूचीमा रहेका उनलाई आइतबार राति ११ बजे वीरगन्ज–१६ भुटनदेवी मन्दिर क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका पासवान भाग्न खोज्दा प्रहरीले दुई राउन्ड गोली चलाएको थियो । प्रहरीको गोली लागि घाइते भएका पासवान नारायणी अस्पतालमा उपचाररत छन् । पासवानको साथबाट एक थान पेस्तोल र केही राउन्ड गोलीका साथै केही परिमाणमा लागू ओैषध पनि बरामद भएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

सो हत्याकाण्डमा संलग्न पर्साका महोरम मियाँ, रेहान मियाँ र मकवानपुरकी सुमी भन्ने सुस्मिता स्याङताङलाई भने प्रहरीले २०७९ असोज १४ गते पक्राउ गरेको थियो ।