images

भोजपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १५ घाइते

भोजपुर– भोजपुरको आम चोक गाउँपालिका ८ पार कुवा मैयुटारमा बोलेरो जीप् दुर्घटना हुँदा एक जना मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

गाउँपालिका केन्द्र बांलाखाबाट उदयपुर जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेर बिहान करिब साढे ९ बजे दुर्घटना हुँदा एक जनाको घटना स्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय घोडेटारका प्रमुख इन्स्पेक्टर विक्रम शाहले जानकारी दिए ।

अन्य घाइतेलाई उद्धार गरेर थप उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको उनको भनाइ छ । बोलेर सडकबाट करिब दुई सय मिटर तल दूधकोशी निकारमा झरेको उनले बताए । बोलेरोमा पाँच बालबालिकासहित १६ जना सवार रहेको इन्स्पेक्टर शाहले जानकारी दिए । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।