images

वडाध्यक्ष अलिविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

घर बाटो सिफारिस दिन सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अलिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले अलिलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत चैत्र १८ गते नियन्त्रणमा लिएको थियो ।

अलिलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार १५ हजार बिगो र जरिवाना र कैद सजाय माग गरिएको छ ।