images

भोजपुर जीप दुर्घटना अप्डेट, थप एक जनाको मृत्यु

भोजपुर– भोजपुरको आम चोक गाउँपालिका–८ पार कुवा मैयुटारमा जीप दुर्घटना हुँदा थप एक जनासहित दुई जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।

दुर्घटनामा आम चोक गाउँपालिका–१० पाङ्चाकी रूना राईको घटनास्थलमै र २६ वर्षीया शान्ति राईको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष अशोक राईले जनाए । क्षमताभन्दा बढी यात्रु बोकेका कारण जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

इलाका प्रहरी कार्यालय घोडेटारका प्रमुख विक्रम शाहका अनुसार घाइतेलाई उद्धार गरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । बांलाखाबाट उदयपुर जाँदै गरेको को १ ज २६१७ नम्बरको जिप सोमबार बिहान करिब साढे ९ बजे दुर्घटनामा परेको थियो । जिपमा पाँच जना बालबालिकासहित १६ जना सवार रहेको जनाइएको छ ।