images

मलाई प्रधानमन्त्री बनिहाल्छ कि भनेर केही व्यक्तिलाई पोलिरहेको छः नेपाल

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीप्रति सङ्केत गर्दै आफू प्रधानमन्त्री बन्छ भनेर पोल्ने प्रवृत्तिलाई धिक्कार छ भन्न चाहेको बताए । पार्टी निकट अखिल नेपाल महिला सङ्घ समाजवादीले सोमवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालले जसले जे भने पनि आफूहरूका लागि अनुकूल वातावरण बनाउने कुरामा ध्यान दिने बताए । आफ्नो पार्टी प्रधानमन्त्री र मन्त्री बन्न भन्दा पनि देश र जनताको हितमा समर्पित भएर काम गर्न लागि परेको उनको दाबी छ ।

अध्यक्ष नेपालले ओलीले संविधानसभा विघटन गर्ने गल्ती गरेँ भनेर स्वीकार गर्ने आँट अझै नगरेको भन्दै आलोचना पनि गरे ।