images

रास्वपाका उम्मेदवार मिलन लिम्बुको जमानत जफत

काठमाडौं– प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बुले जमानत जोगाउन सकेनन्। १९ जना उम्मेदवार रहेको यस क्षेत्रमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी बनेका छन् ।

जित्ने दाबी गरिएका उम्मेदवार रास्वपाका मिलन लिम्बूले भने जमानत जोगाउन नसक्दा चौतर्फी आलोचना भइरहेको छ । उनले ५ हजार ५० भोट मात्र ल्याए ।

प्रतिनिधि सभा सदस्य ऐनअनुसार जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था छ ।

कूल ६९ हजार ३७४ भोट गणना हुँदा यस क्षेत्रमा ६८ हजार ४७२ भोट सदर भएको छ । जसको १० प्रतिशत सरदर ६ हजार हुन आउँछ ।