images

आशालाग्दा युवाहरूलाई अझ अगाडि बढाउँदै जाने छः ओली

काठमाडौं–इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङ निर्वाचित भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई ज्ञापन गरेका छन् । उनले आशा लाग्दा युवाहरूलाई पार्टीले अझै अगाडि बढाउने जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्ष ओलीले सुहाङलाई बधाई दिँदै इलामी मतदाताहरूलाई समेत धन्यवाद ज्ञापन गरेका छन् । उनले भनेका छन्, ‘मैले अस्ति चुलाचुली पुग्दा सुहाङलाई सोधेको थिएँ– कति भोटले जितिन्छ रु सुहाङ्ले भन्नु भएको थियो– इलामेली जनतालाई सोध्नु पर्छ ! आज अन्तिम परिणाम आयो– ५८३० मतान्तरले जित भयो।’

अध्यक्ष ओलीले नेकपा एमालेले नेतृत्वमा युवालाई अघि सार्दै आएको उल्लेख गर्दै आशालाग्दा युवालाई अझ अगाडि बढाउँदै लैजाने बताए ।

उनले भने, ‘हाम्रो पार्टीले नेतृत्वमा युवाहरूलाई अघि सार्दै आएको छ, आशालाग्दा युवाहरूलाई अझ अगाडि बढाउँदै जाने छ।’