images
images

इलामकाे चुनाव जित्न सकिएन, सिक्न सकियोः गृहमन्त्री लामिछाने

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले इलाम २ को निर्वाचनमा जित्न नसके पनि सिकाइको रूपमा लिएको बताएका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बुको जमानत नै जफत भएसँगै सभापति लामिछानेले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त कुरा बताएका हुन् ।

नेकपा एमालेका सुहाङ नेम्वाङलाई बधाई दिदैं सभापति लामिछानेले भनेका छन्,’हामीलाई मत दिनु हुने र मत सँगै ठुलो सन्देश दिनु हुने सबै प्रति आभारी छु। रास्वपा उम्मेदवार मिलन लिम्बु लगायत अहोरात्र खट्नु हुने सिङ्गो पार्टी पङ्क्तिलाई धन्यवाद। जित्न सकिएन, सिक्न सकियो। त्यसैले कुनै इफ बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढङ्गले अभिव्यक्त हुन सबै सदस्यहरूमा अनुरोध छ।’

उपनिर्वाचनमा रास्वपा सिङ्गो शक्ति लिएर इलामको चुनावी प्रचारमा जुटेको थियो । सरकारमा सहभागी भएर मन्त्रीसहित राज्यको शक्तिको दुरुपयोग भएको भन्दै सामाजिक सञ्जालमा समेत त्यसको आलोचना भएको थियो ।