images

जात र थर विशेषलाई पहिचानको विषय बनाउनु हुँदैनः ओली

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जात र थर विशेषलाई पहिचानको विषय बनाउन नहुने बताएका छन् ।

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार विजय भएपछि आयोजित सभामा अध्यक्ष ओलीले कोशी प्रदेश नामाकरण गर्दा केही पनि नब्रिगिएको बताए ।

कोशी प्रदेशको नामाकरणलाई लिएर कसैले पनि संवेदनशील बन्नुपर्ने आवश्यकता नभएको उनको भनाइ छ । विगतमा पनि मेची, कोशी, कर्णाली, सेती, बाग्मती अञ्चलको नाम राखिएको भन्दै उनले त्यस्ता साझा नाममा असहमति राख्नुपर्ने कुनै कारण नरहेको बताए ।

ओलीले अब इलामको विकासमा केन्द्रित हुने भन्दै इलामका समस्यासँग आफू परिचित रहेको बताए ।

ओलीले आफूले चुनावको क्रममा गरेका प्रतिविद्धताहरू चुनावी स्टन्ट होइनन् भन्दै आफूले तत्काल समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

इलामका मतदाताले सही उम्मेदवार छानेको बताउँदै सुहाङले राम्रो काम गर्ने बताए ।