images

नेपाली राष्ट्रिय फुटबल टोली बेलायत जानबाट रोकियो

काठमाडौं– भिसा नआएपछि नेपाली राष्ट्रिय फुटबल टोली बेलायत भ्रमणमा जानबाट रोकिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाले सोमबार टोलीलाई भव्य समारोहबीच बिदा गरे पनि टोली भिसा नभएको कारण उड्न नपाएको हो । भिसा नआएका कारण मङ्गलवार बिहान ९ बजे उड्ने भनिएको टोली जान पाएन । भिसा प्रक्रियामा निकै ढिलो हुँदा यसअघि नै एन्फाले टोलीका सदस्यलाई फरक–फरक समयमा विभिन्न विमानमा पठाउने तयारी गरेको थियो । तर भिसा नआएका कारण मङ्गलवार बिहान जाने समूह नै उड्न पाएको छैन ।

एन्फाले इङ्गल्यान्ड ‘सि’ टोली र ब्रिटिस आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्गल्यान्ड प्रस्थान गर्ने टोलीको सोमबार बिदाइ गरेको थियो । उक्त कार्यक्रमका नेपालका लागि बेलायती राजदूत रब फेन समेत उपस्थित रहेका थिए ।

राजदूत फेनले फुटबल टोलीलाई शुभकामना दिँदै आफूले टोलीलाई पूर्ण रूपमा समर्थन गर्ने बताएका थिए । नेपालसँग प्रतिस्पर्धा गर्न लागेको इङ्गल्यान्ड ‘सी’ राष्ट्रिय टोलीकै मान्यता प्राप्त टोली हो । यो टोलीले इङ्गल्यान्डको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकसँग मैत्रीपूर्ण खेल खेल्दै आएको छ ।