images

ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु

काठमाडौं–ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

मङ्गलवार डढेलो निभाउने क्रममा गम्भीर घाइते रमेश पहरीलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो।

उनको उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।

डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका शङ्कर पहरीको मङ्गलवार उपचारकै क्रममा मृत्यु भएको थियो। एसपी सुवेदीका अनुसार शङ्कर र रमेश एकै गाउँका हुन्।

डढेलोको कारण कुष्ठरोग अस्पतालमा रहेका बिरामीहरूलाई सुरक्षित स्थानमा सारिएको थियो।