images

श्रमिकका गुनासो समाधान गर्न श्रमाधान सेवा शुभारम्भ

काठमाडौं–श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले श्रमाधान सेवाको सुरुवात गरेको छ ।

बुधवार १३५ औँ विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधान गर्ने गरी श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलालले श्रमाधान सेवाको सुरुवात गरेको हो । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रमाधान सेवाको सुरुवात गरेका हुन् । उनले श्रमाधान सेवाको सुरुवात गर्दै नेपाली स्वदेश तथा विदेशमा रहेका श्रमिकहरूका समस्या समाधानका लागि मन्त्रालयको कल सेन्टरले मात्रै नपुग्ने भएकाले श्रमाधान कल सेन्टर भन्दा पनि कार्यक्रमको रूपमा श्रमाधानको सुरुवात गरेको बताए । उनले श्रम रोजगार तथा सामाजिक मन्त्रालयको वृहत् र व्यवहारिक योजना भएको दाबी गर्नुभयो । उहाँले श्रमाधानले नेपाली नागरिकको श्रम र रोजगार सम्बन्धी बहु आयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्य राखेको जानकारी दिए ।

उनले भने,‘श्रमिकहरूका समस्या समाधानका लागि मन्त्रालयको एउटा कल सेन्टरले मात्रै पुग्दैन भनेर श्रमाधान कल सेन्टर भन्दा पनि कार्यक्रमको रूपमा लिएका आएका छौँ । श्रमाधानको सुरुवात गरौँ । श्रम रोजगार तथा सामाजिक मन्त्रालयको वृहत् र व्यवहारिक योजना हो । श्रमाधानले नेपाली नागरिकको श्रम र रोजगार सम्बन्धी बहु आयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्य राखेको छ । श्रमाधानको पहिलो चरणमा सात क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरू समावेश गरिएका छन् । इन्द्रेणीका सात रङसँग मेल खाने गरी प्रत्येक कार्यक्रमलाई एक विशेष रङसँग जोडिएको छ । जसले प्रत्येक कार्यक्रमको उद्देश्य र महत्वलाई प्रतिम्वित गर्ने छ । श्रमाधान नेपाली श्रमिकका समस्या समाधान र श्रम बजारमा सुधार ल्याउन सरकारले प्राथमिकताका साथ सुरुवात गरेको कार्यक्रम हो । विदेशबाट फर्किसकेपछि श्रमिकले सिकेको सीप,पुँजी र ज्ञानलाई कसरी सम्बोधन गर्न सकिन्छ । श्रमिकले सिकेको सीप,पुँजी र ज्ञानलाई सम्बोधन गर्ने गरी अवकाशपछिको आरम्भ भन्ने नारा समेत राखेका छौँ । विदेशबाट नेपाल फर्किएका र नेपालमा अवकाश प्राप्त नागरिकहरू सीप,श्रम र अनुभवलाई सक्रिय बनाउन मद्दत गर्ने पहल गर्छ । श्रमाधानमा समावेश सात कार्यक्रमले नेपाली श्रमिकको हित र रोजगारी सिर्जना गर्ने अभियान हो । श्रमाधानमा रोजगार बैङ्क कार्यक्रम पनि समावेश रहेको छ ।’

उनले रोजगार बैङ्कमा गौरवका आयोजना र नेपाल सरकारसँग रोजगारदाता र श्रमिक जोडिने गरी काम गरिरहेको दाबी गरे । उनले श्रमाधानमा सबै नेपालीहरूको श्रमलाई उच्च प्राथमिकता दिँदै समानताको प्रत्याभूति दिने उद्देश्य श्रमाधान समता कार्यक्रम पनि समावेश रहेको बताए । सरकारले श्रमिकका समस्या, गुनासो वा जिज्ञासा समाधान गर्न श्रमाधान कल सेन्टरमा फोन गर्दा पैसा नलाग्ने ११४१ फोन नम्बर समेत सार्वजनिक गरिएको छ । समस्यामा परेको श्रमिकले फोनबाट मात्रै नभएर सामाजिक सञ्जाल लगायत अन्य माध्यमबाट सम्पर्क गर्न सक्ने मन्त्रालयले जनाएको छ