images

नेपालको असन्तुष्टिपछि ओली–प्रचण्डबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बिहीबार बिहान प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो । उनीहरुबिच उपनिर्वाचनको समीक्षा र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गत वैशाख १५ मा सम्पन्न इलाम–२ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा एमालेका उम्मेदवार निर्वाचित भएका थिए । इलाम–२ मा एमाले उम्मेदवारलाई माओवादी केन्द्रले पनि समर्थन गरेको थियो ।  गठबन्धनमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको असन्तुष्टि र प्रदेश सरकारबारे पनि प्रधानमन्त्री दाहाल र ओलीबिच छलफल भएको बताइएको छ ।