images

आगलागीमा परी रामेछापमा एक महिलाको मृत्यु

काठमाडौं- रामेछापको रामेछाप नगरपालिका ८ चौकीटारमा घर जल्दा एक महिलाको मृत्यु भएको छ । बिहिबार दिउँसो वनमा लागेको आगो घरमा सल्किँदा ३२ वर्षकी रमिता तामाङ्गको मृत्यु भएको हो ।

आगोमा जलेर मृत्यु भएकी महिलाको शरिर पूर्ण रुपमा जलेको छ । मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल लगिएको छ ।

दुई वटा खरको छानो भएको घरमा आगो लाग्दा मानविय क्षती भएको वडा नं ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ्गले जानकारी दिए । उनका अनुसार मानविय तथा पशु चौपायामा ठुलो क्षती भएको छ ।

आगोमा जलेर ४८ वटा बाख्रा पनि मरेको वडाअध्यक्ष तामाङ्गले बताए ।