images
images
images

भारतले गर्‍यो नेपालको तीन दिनसम्म रेल सेवा बन्द

जनकपुरधाम– भारतको बिहारको मधुवनीमा चुनाव हुने भएपछि तीन दिनसम्मका लागि नेपाली रेल बन्द हुने भएको छ।

मङ्गलवार मधुवनीको भंझारपुर संसदीय क्षेत्रमा लोकसभाको चुनाव हुने भएकोले आइतबारदेखि मङ्गलवारसम्म नेपाली रेल बन्द रहने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिएका छन्।

शनिवार मध्यरातदेखि मङ्गलवार मध्य रातिसम्म सीमा बन्द गर्ने निर्णय भएकाले तीन दिनसम्म महोत्तरीको भंगहादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेल बन्द रहने महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए।

बुधवारदेखि पुनः रेल नियमित सञ्चालन हुने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS