
काठमाडौं– काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख. २०२७ नम्बरको यात्रुवाहक बस कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए ।
घाइतेको उपचार जारी रहेको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।