images
images
images

फेरी फुट्यो जसपा, अशोक राईले दिए नयाँ पार्टी दर्ताका लागि निवेदन

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) फेरी फुटेको छ।

जसपाबाट अलग हुँदै नेता अशोक राईको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ। राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

सांसद प्रदीप यादव, अशोक राई, सुशीला श्रेष्ठ, वीरेन्द्र महतो, नवलकिशोर साह सुडी, नवनियुक्त समानुपातिक सांसद हसिना खानलगायत सातजनाले अलग हुने निर्णय गरेको ती सांसदकाे भनाइ रहेकाे छ।

यस अघि जसपा फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेको थियो। त्यस्तै, बाबुराम भट्टराईले पनि जसपाबाट अलग भएर नेपाल समाजवादी पार्टी (नेसपा) बनाएका थिए।

पार्टी भित्र उपेन्द्र यादवको नेतृत्व शैली प्रति असन्तुष्ट हुँदै पछिल्लो समय जसपा त्याग्नेहरूको बढ्दै गएका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS