images

माधव नेपालले बोलाए संसदीय दलको बैठक,सत्ताबाट बाहिरिने सम्भावना

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) विभाजनसँगै नेकपा एकीकृत समाजवादी पार्टी समेत विभाजन हुने चर्चा भइरहेको छ । उक्त हल्लापछि एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक आव्हान गरेका छन् ।

बैठक सोमबार अपराह्न बस्ने भएको छ । नेकपा एसका असन्तुष्ट सांसदहरूलाई सम्झाउनका लागि नेपालले दलको बैठक बोलाएको नेताहरूले बताएका छन् ।

आजको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका साथै सत्ता छोड्ने या नयाँ रणनीतिका साथ अघि बढ्नेबारे छलफल स्रोतले जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले पाएको भए पनि एमालेले विश्वासको मत दिन आनाकानी गरेसँगै गठबन्धनबाट बाहिरिने निर्णय हुन सक्ने जनाइएको छ ।