
जनकपुरधाम– हतियारधारीले जनकपुरधामबाट सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेका छन् ।
जनकपुर उपमहानगरपालिका वडा न. १९ बाट शुभ श्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको प्रहरीले जनाएको छ ।
महतोले मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका-१९ बाट आफ्नो साथमा भएको रकम लुटेको बताए।
महतो अनुसार मोटर साइकलमा ३ जना सवार हतियारधारी लुटेर भागेका हुन् । महतो हिमालयन बैङ्कबाट रकम निकालेर सहकारीतर्फ जाँदै थिए ।
घटनाका विषयमा अनुसन्धान गरिरहेको धनुषा एसपी भुवनेश्वर तिवारीले स्पेस समाचारलाई जानकारी दिए ।