images

नेपाली फुटबल टोलीले इङ्गल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं–नेपाली राष्ट्रिय फुटबल टोलीले इङ्गल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

अल्डरसट टाउन एफसीले आफ्नै स्टेडियम इबीबीमा दुई टोलीबीच मैत्रीपूर्ण फुटबल गराउन लागेको हो । खेल नेपाली समयअनुसार राति पैने ९ बजे बजे सुरु हुनेछ । नेपालले यसअघि शनिवार ब्रिटिस आर्मीसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो । मिडिफल्डर फत्तेमान घलेलाई पहिलो पटक समेट्दै मुख्य प्रशिक्षक अल्बर्टो भिन्सिन्जो एनिसले इङ्गल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्ने टोली घोषणा गरिसकेका छन् । टोलीको कप्तानी गोलरक्षक किरणकुमार लिम्बुले गर्नेछन् ।

टोलीमा किरणसँगै अभिषेक बराल र विशाल सुनार ब्याक अप गोलरक्षकमा रहेका छन् । छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ र रोहित चन्दले रक्षकको भूमिका सम्हाल्ने छन् ।

यस्तै, फत्तेमानसहित मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी र लाकेन लिम्बु मिडफिल्डमा रहेका छन् । फरवार्डमा दिनेश हेन्जन, अञ्जन विष्ट, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समीर तामाङ र सञ्जीव विष्टले निरन्तरता पाएका छन् ।