images

नेप्से परिसूचक १५ दशमलव ६२ अङ्कले घटेर बन्द

काठमाडौं– साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ ।

गत साताको अन्तिम कारोबार दिनदेखि घट्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । सोमबार नेप्से परिसूचक १५ दशमलव ६२ अङ्क घटेर १९ सय ५८ विन्दुमा झरेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ ।

अघिल्लो कारोबार दिन ३ अर्ब ७९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको ४८ हजार ७०९ पटकको कारोबारमा २ अर्ब ८९ करोड १३ लाख रुपैयाँ बराबरको ६९ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

पोखरा फाइनान्स र दोल्ती पावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ । यस दिन विकास बैङ्क उपसमूहको परिसूचक ० दशमलव २३ प्रतिशत बढेको हो ।