images
images
images

विधुत प्राधिकरणको दादागिरी, दुई महिना निलम्बन गरेका कर्मचारीको अझैँ भएन फुकुवा

काठमाडौं–नेपाल विधुत प्राधिकरणले मन नपरेका कर्मचारीलाई अनेकौँ बहना बनाएर जागिरबाट निकाल्ने प्रपञ्च गरेको भन्दै एक कर्मचारीले आत्मदाह गर्ने चेतावनी दिएका छन् । नेपाल विधुत प्राधिकरणले सहायक इन्जिनियर (सिभिल) पदमा कार्यरत दिनेश सिवाकोटीलाई विधुत प्राधिकरणको सूचना चुहावट गरेको, विभिन्न सूचनाहरू समाचार माध्यमहरूलाई प्रदान गरेको र आफ्नै कर्मचारीका विरुद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै दुई महिनाका लागि निलम्बन गरेको थियो ।

सिवाकोटीलाई नेपाल विधुत प्राधिकरण सेवा सर्त नियमावली २०७५(संशोधन सहित)को विनियम १५१ बमोजिम गत फागुन २३ गतेदेखि लागू हुने गरी दुई महिनाका लागि निलम्बन गरेको थियो । वि।स। २०५४ साल बैशाख ५ गतेदेखि करारबाट प्राधिकरणमा जागिर सुरु गरेका सिवाकोटीले २०५८ कार्तिक २१ गते स्थायी नियुक्ति पाएका थिए ।

२०७१ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीमा रहेर कामसमेत गरेका सिवाकोटीलाई आफूले पेस्की फर्छ्यौट गरिसकेको तर कागज नष्ट गरेर बदनाम गराउन खोजिएको आरोप समेत लगाएका छन् । स्पेस समाचारसँग कुरा गर्दै सिवाकोटीले आफूलाई कुनै लिखित वा मौखिक जानकारी नदिई स्पष्टीकरणको समेत मौका नदिई नियत राखेर एकै पटक निलम्बन गरिएको गुनासो गरे।

उनले सामाजिक सञ्जालमार्फत जीवन रक्षाको माग गर्दै ७ दिनभित्र सुशासनको प्रत्याभूति नभए प्राधिकरण परिसरभित्रै आत्मदाह गर्ने चेतावनी दिएका हुन् ।

उनले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूलाई नियत राखेर कुनै कारण बिना निलम्बन गरेको भन्दै सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गरी निलम्बन फुकुवा गर्न माग गरेका हुन् ।

आफूलाई सामाजिक सञ्जालमा अति गोप्य सूचना चुहाएको र पेस्की फर्छ्यौट नगरेको भनी झुटा आरोप लगाएर गत फागुन २३ गते दुई महिनाका लागि निलम्बन गरिएको भन्दै छैटौँ तहका सहायक इन्जिनियर सिवाकोटीले निलम्बन फुकुवा गरी दोषीमाथि कारबाहीको माग समेत गरेका छन् ।
हेर्नुहोस् स्पेस समाचारलाई प्राप्त प्रमाणहरू

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS