images
images
images

अशोक राई नेतृत्वको दलले अहिलेको सरकारलाई नै समर्थन दिने निर्णय

काठमाडौं–जनता समाजवादी पाटी (जसपा) नेपालबाट छुट्टिएर बनेको अशोक राई नेतृत्वको  जनता समाजवादी पार्टी(जसपा) ले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई नै निरन्तरता दिने निर्णय गरेको छ । नयाँ दल गठन पश्चात् बसेको जसपाको बैठकले उक्त निर्णय गरेको हो ।

निर्वाचन आयोगले नयाँ दलको मान्यता दिए लगत्तै उक्त पार्टीले सङ्घीय संसद् सचिवालयमा दल दर्ताको जानकारी दिएको थियो। त्यसपछि अध्यक्ष राईको अध्यक्षतामा बसेको संसदीय दल बैठकले अहिलेकै सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो।

‘संसदीय दलको बैठकको निर्णयअनुसार प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन निरन्तर जारी राख्ने निर्णय भएको छ,’ जसपाका महासचिव मोहम्मद इस्तियाक राईले निकालेको विज्ञप्तिमा उल्लेख छ।

हेर्नुहोस् निर्णय जस्ताको त्यस्तै

438255784_994460585381981_881250436305681336_n-1715061092.jpg

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS