images
images

रुसी सेनामा आवद्ध नेपालीलाई फिर्ता ल्याउन उच्च स्तरीय पहल गर्छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा आवद्ध नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउन कूटनीतिक पहल गर्ने आश्वासन दिएका छन् ।

मंगलबार बालुवाटारमा रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरूले गरेको भेटमा प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरको पहल गर्ने बताएका हुन् ।

नेपाली नागरिकको जीवन रक्षाका लागि सरकार निरन्तर लागिपरेको भन्दै दाहालले रुसी सेनामा कार्यरत नेपालीहरूका परिवारको माग सम्बोधन गर्न प्रतिवद्ध रहेको पनि बताए । रुसी सेनामा कार्यरत नेपालीका परिवारले युद्धमा रहेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै काठमाडौंमा अनशन र धर्ना दिएका थिए ।