images

चेक बाउन्सको मुद्दामा एक व्यक्ति निर्दोष साबित

काठमाडौं–माछापुच्छ्रे बैकले चेक बाउन्सको मुद्दामा कसुर आरोपित कपिलवस्तुका राम वेलास कोहार प्रहरीको छानबिनपछि निर्दोष ठहरिएका छन् ।

माछापुच्छ्रे बैक तौलिहवा शाखाको लापरबाहीका कारण अर्कै व्यक्तिले गरेको कसुरको आरोप निर्दोष कहारमाथि लागेको बैङ्कले नै स्वीकार गरेको छ । वैशाख ६ गते बैकले आफूलाई कसुर ठहर गरेपछि कोहार न्यायका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पुगेका थिए । उनीमाथि बैकले ३ लाख ४१ हजार ४ सय रुपैयाँको चेक बाउन्सको कसुर लगाएको थियो ।

छानबिनपछि बैकले नै खास कसुरवालासँग उनको नाम मिल्दो जुल्दो हुँदा त्रुटि भएको जनाएको छ । रकम नै नभएको खाताबाट सोही ठाउँका रामकुमार लोहारले गरेको कसुर हालसम्म बैङ्कको चेक नै प्रयोग नगरेका कोहारलाई लागेको थियो ।