images

कांग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौं–नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै छ । बैठक बुधवार दिउँसो २ बजे देउवा निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति र २८ गतेदेखि सुरु हुने बजेट अधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

कांग्रेसले सहकारी प्रकरणमा छानबिन समिति नबनाए संसद् अवरोध कायम गर्ने बताउँदै आएको छ ।