images

सांसद सुहाङले लिए शपथ

काठमाडौं– नेकपा एमालेका तर्फबाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङले बुधवार सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हलमा शपथ ग्रहण गरेका हुन् ।

उनलाई सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराउँदै सांसदको लोगो समेत लगाइदिएका हुन् ।

नेम्वाङ १५ वैशाखमा भएको उपनिर्वाचनबाट नेकपा एमालेका उम्मेदवार नेम्वाङ प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए । इलाम २ मा सुहाङका बुबा पूर्व सभामुख सुभासचन्द नेम्वाङको निधनपछि उपनिर्वाचन भएको थियो । सुहाङले कांग्रेस सांसद डम्मर बहादुर खड्कालाई पराजित गर्दै निर्वाचित भएका थिए ।