images
images
images

शपथपछि सुहाङले भने,सदनमा भइरहेको अवरोध संवादबाटै हटाउनुपर्छ

काठमाडौं– नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संसदमा भइरहेको गतिरोध संवाद मार्फत नै हल गर्नु पर्ने बताएका छन् ।

बुधवार प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि सञ्चारकर्मीहरूसँग कुरा नेम्वाङले सबै एकताबद्ध भएर अगाडि बढ्न सके मात्रै समृद्ध नेपाल बन्ने दाबी गरे ।

उनले भने, ‘बुबाले सबै एकतामा विश्वास राख्नुभयो। सामाजिक सद्भाव र एकतामा एकताबद्ध भएर अगाडि बढ्दा समृद्ध इलाम र समृद्ध नेपालको परिकल्पना गर्न सक्छौँ भनेर बोल्दै आउनुभएको थियो त्यही भएर हरेक कुराको हल संवादबाटै हुन्छ। संवादमा सांसदलाई राम्रोसँग चल्न दिनुपर्छ भन्नेमा मेरो विश्वास छ।’

त्यसै गरी उनले इलामको समस्यालाई समाधान गर्नको निम्ति लागि रहने समेत बताए । साथै सांसद नेम्वाङले कानुनी र नीतिगत काम गर्ने बताए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS