images

सुनकोशी–मरिण डाइभर्सन सुरुङको ब्रेक थ्रू

काठमाडौं–सिन्धुली–सुनकोशी–मरिण डाइभर्सन सुरुङको ब्रेक थ्रू गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको उक्त डाइभर्सन सुरुङको ब्रेक थ्रु गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सिन्धुलीस्थित सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा रहेको डाइभर्सनमा स्विच थिचेर सुरुङको ब्रेक थ्रू गरेका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु गरेको यो योजनालाई प्रधानमन्त्री प्रचण्डले ब्रेक थ्रु गरेका हुन् ।

२०७९ असोजबाट सुरुङ खन्ने कामको सुरुवात भएको थियाे । उक्त  आयोजनाले सुनकोशीको पानीलाई मधेश प्रदेशका पाँच जिल्ला धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाई पुर्‍याउनु लक्ष रहेकाे छ ।

तराईका धनुषा, महोत्तरी, सर्लाही र बारामा करिब एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाई सुविधा पुर्‍याउने उद्देश्य यो योजनाको रहेको छ ।

३१.७ मेगावाट विद्युत् पनि उत्पादन गर्ने लक्ष्य समेत रहेको गुरुयोजनाअनुसार १३।२ किलोमिटर सुरुङमार्फत ६७ किलोमिटर सेकेन्डले सुनकोशी नदीको पानी मरिण नदीमा पुर्‍याइने छ।